काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विपदबाट प्रभावित परिवारको उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सन नेपाल लाइफले उक्त रकम प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो।
कम्पनीले प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण दायित्व भएको जनाएको छ।
यसैबीच, सन नेपाल लाइफले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। कम्पनीले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय