काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुग्नुभएका लामिछानेलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले भव्य स्वागत गर्नुभएको छ।

जेठ २२ गतेसम्म हुने यस भ्रमणका क्रममा उहाँले दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने, नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने र अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा सभापति लामिछानेसहित रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय