काठमाडौं: भारतीय सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई ‘कक्रोच र परजीवी’ को संज्ञा दिएपछि भारतमा सामाजिक सञ्जालमार्फत अभूतपूर्व डिजिटल विद्रोह सुरु भएको छ।

न्यायाधीशको सोही व्यङ्ग्यात्मक टिप्पणीको जवाफमा ३० वर्षीय युवा अभिजीत दिपकेले सुरु गरेको ‘कक्रोच जनता पार्टी’ (CJP) मा मात्र बहत्तर घण्टाभित्र ३० लाखभन्दा बढी मानिस जोडिएका छन्।

पार्टी स्थापना भएको तीन दिनमै साढे तीन लाखभन्दा बढीले सदस्यताका लागि आवेदन दिइसकेका छन्। मोदी सरकारको १२ वर्षे कार्यकालमा चरम बेरोजगारी र लगातार भइरहेका परीक्षा घोटालाबाट दिक्क भएका युवाहरू, विपक्षी सांसद तथा पूर्व सरकारी कर्मचारीहरू समेत यो नयाँ मोर्चामा ओइरिएका छन्।

सुरुमा एउटा सामान्य ठट्टा र आक्रोशबाट सुरु भएको यो एआई (AI) प्रविधिमा आधारित अभियान अहिले भारतीय राज्य व्यवस्था र पुराना राजनीतिक दलहरूविरुद्ध प्रश्न उठाउने तथा सरकारसँग जवाफदेहिता माग्ने एउटा शक्तिशाली डिजिटल हतियार बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय