काठमाडौं: उच्च अदालत पाटनले विवादित चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।

न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै यसअघि वैशाख १५ गतेको आदेशलाई कायम राखेको हो।

अब यो चलचित्र चल्न पाउने वा नपाउने भन्ने विषयमा अन्तिम टुंगो लगाउन भोलि बुधबार दुवै पक्षबीच छलफल हुने गरी पेसी तोकिएको छ।

अदालतले सो छलफलका लागि चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिँदाको सक्कल फाइल समेत पेश गर्न सरकारी वकिलको कार्यालयलाई आदेश दिएको छ।

भोलिको पेसी र बहसपछि अदालतले दिने आदेशले नै ‘लालीबजार’ हलसम्म पुग्ने वा रोकिने भन्ने निश्चित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय