काठमाडौ: स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले सोमबार नौ वटा मन्त्रालयसँग मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ। बिहान ११ बजे सुरु भएको छलफल साँझ साढे ७ बजेसम्म चलेको थियो।
पहिलो दिन गृह मन्त्रालयबाट सुरु भएको छलफलमा श्रम, उद्योग, कानुन, सञ्चार, शिक्षा, युवा, सङ्घीय मामिला तथा भूमि व्यवस्था मन्त्रालयसँग बजेट, नीति तथा कार्यक्रम र स्रोत व्यवस्थापनबारे विस्तृत छलफल गरिएको हो।

छलफलमा सम्बन्धित मन्त्री, सचिव तथा बजेट लेखन समितिका पदाधिकारीहरू सहभागी थिए। बाँकी मन्त्रालयसँगको बजेट छलफल मंगलबार जारी रहने अर्थ मन्त्रालयले जनाएको छ।




