काठमाडौँ: तमिलनाडु विधानसभा निर्वाचनको मतगणनामा अभिनेता विजय थालापतीको पार्टी ‘तमिलगा वेट्री कजगम’ (टिभिके) ले स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको छ।

२३४ सिटमध्ये २२७ सिटको गणना जारी रहँदा टिभिकेले बहुमतका लागि आवश्यक ११८ को आँकडा पार गर्दै १२२ सिटमा अग्रता कायम गरेको छ।

सन् २०२४ मा स्थापित यस पार्टीले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लडेको थियो। विजय आफैं चेन्नईको पेराम्बुर र त्रिची पूर्व दुवै क्षेत्रबाट अग्रस्थानमा रहेका छन् भने सत्तारुढ डिएमके–कंग्रेस गठबन्धन ४३ सिटसहित तेस्रो स्थानमा खुम्चिएको छ।

६६ सिटमा अग्रता बनाएको भाजपा नेतृत्वको एनडिए गठबन्धन दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय