शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षा र पढाइलाई सहज बनाउन ६ बुँदे सर्कुलर जारी गरेका छन्।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत जारी निर्देशनमा विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न, कक्षा १२ का परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहजीकरण गर्न र विद्यालय प्रभावित भएका स्थानमा वैकल्पिक व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरिएको छ।त्यस्तै, विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित समस्या, गुनासो वा सुझाव केन्द्रमा पठाउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय