काठमाडौं: काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीका लागि स्वास्थ्य सेवा उपलब्ध गराएको छ। महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरी शारीरिक तथा मानसिक स्वास्थ्य जाँच र परामर्श सेवा दिएको हो।

महानगरका अनुसार हालसम्म ६ जनामा कम रक्तचाप (४ पुरुष, २ महिला), २ जनामा ढाड तथा जोर्नी दुखाइ, २४ जनामा टाउको दुखाइ (१८ पुरुष, ६ महिला), २ जना गर्भवती, १ जना घाइते तथा १२ जनामा अन्य समस्या देखिएकामा उपचार तथा सेवा प्रदान गरिएको छ।

यस्तै, मनोसामाजिक परामर्श अन्तर्गत बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा रहेका अभिभावकले आफ्ना मानसिक समस्याबारे परामर्श लिएका छन्।

परिवार र रोजगारीसम्बन्धी तनाव तथा बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने भन्ने विषयमा चिन्ता बढी देखिएको स्वास्थ्य विभागका अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय