काठमाडौं: सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रहरीकै नाममा कायम गर्ने निर्णय गरेपछि प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीपरिषद् र अग्रज प्रहरी अधिकृतहरूलाई धन्यवाद दिएका छन्।

यसअघि २०७५ भदौ १ गते उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा राख्ने निर्णय गरिएको थियो। तर, आईजिपी कार्कीको निरन्तर पहलपछि सो निर्णय पुनरावलोकन भई जग्गा फेरि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा कायम गरिएको हो।

फेसबुकमार्फत कार्कीले यस निर्णयलाई नेपाल प्रहरीका लागि “ऐतिहासिक उपलब्धि” भन्दै संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यवसायिक दक्षता अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

उनले आगामी दिनमा पनि नेपाल प्रहरीको क्षमता अभिवृद्धि र प्रभावकारी सेवा प्रवाहका लागि सरकारको निरन्तर साथ रहने अपेक्षा समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय