काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको रिक्त पदाधिकारीहरू नियुक्त गरी जिम्मेवारी बाँडफाँट गरेको छ।

पार्टीले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ भने मुख्य सचेतकको महत्त्वपूर्ण जिम्मेवारी सांसद कविन्द्र बुर्लाकोटीलाई सुम्पिएको छ।

संसदीय दललाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ रास्वपाले सचेतकहरूमा सांसद प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धिताललाई नियुक्त गरेको छ।

संसद्‌मा पार्टीको उपस्थिति र भूमिकालाई सशक्त बनाउन नयाँ पदाधिकारीहरूले तत्कालै आफ्नो कार्यभार सम्हाल्ने जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय