काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ।

संघीय संसद् सचिवालयको प्राङ्गणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सार्वजनिक भएको सम्पत्ति विवरणको स्रोतबारे स्पष्ट पार्नुभएको हो।

सम्पत्तिको विषयमा स्पष्टीकरण दिँदै गृहमन्त्री गुरुङले भन्नुभयो, अहिले सार्वजनिक भएको विवरण मेरो हजुरबुवाको पालाको अंशबण्डा नहुँदैको सम्पत्ति हो।” उहाँले आफ्नो पुर्ख्यौली सम्पत्तिलाई लिएर अनावश्यक भ्रम नफैलाउन समेत सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो।

पछिल्लो समय उहाँको सम्पत्ति विवरणलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न टिकाटिप्पणी भइरहेका थिए। सोही सन्दर्भमा मन्त्री गुरुङले यो आफ्नो व्यक्तिगत आर्जन नभई पारिवारिक अंशबण्डा अघिकै सम्पत्ति रहेको प्रष्ट पार्नुभएको हो।

उहाँले तथ्यहीन कुरामा विश्वास नगर्न र सार्वजनिक ओहोदामा रहेका व्यक्तिको सम्पत्तिलाई पुर्ख्यौली विरासतसँग जोडेर नबुझिदिन समेत आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय