सोलुखुम्बु । उज्यालो नेपाल पार्टी सोलुखुम्बुका उमेदवार पेम्बा छिरी शेर्पाले आफ्नो परिवार बाहेक कसैसँगपनि निर्वाचनको लागि आर्थिक सहयोग संकलन नगर्ने घोषणा गरेका छन् ।

शेर्पाले आफ्नो ब्याक्तिगत खर्च आफ्नै तर्फबाट गर्ने साथै खर्च बिबरणहरु आवश्यक परेको खण्डमा जिल्ला निर्वाचन कार्यलयमा पेश गर्ने समेत जानकारी दिनुभएको छ । उम्मेदवार शेर्पाले भन्नुभयो कुनै आर्थिक सहयोग माग्दिन मेरो उदेश्य शुन्य लगानीमा निर्वाचनको सामना गर्नु हो र यो भ्रष्टचारमुक्त समाजको निर्माण गर्ने मुल आधार हो । आफ्नो व्यक्तिगत खर्च बाहेक अन्य फजुल खर्च नगर्नेगरि यो निर्वाचनको सामना गर्ने शेर्पाले बताउनुभएको छ ।





