अन्तर व्यवस्थापिका संघकाे स्वास्थ्य सम्बन्धि समिति सदस्यमा नेपालबाट सांसद साेबिता गाैतम निर्वाचित भएकी छन् । उज्बेकिस्तानकाे तासकन्दमा जारी १५० औं अन्तर व्यवस्थापिका संघकाे महासभाले गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा बुधबार सांसद गाैतम निर्वाचित भएकी हुन् ।
आईपीयुकाे स्वास्थ्यसम्बन्धी सल्लाहकार समूह (Advisory Group on Health) लाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति (Committee on Health) बनाउने निर्णय गरिएको थियो। नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयु शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।
स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट रास्वपा सांसद गाैतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन् । जसमा एस. आर. अल मन्सूरी – संघीय राष्ट्रिय परिषद् सदस्य, संयुक्त अरब इमिरेट्स, सी. मुएका मुम्मा – सिनेट सदस्य, केन्या, एस. जैसवाल – लोकसभा सदस्य, भारत, एस. एभिला – डेप्युटी सभागृह सदस्य, मेक्सिको, जे. टिलन – प्रतिनिधिसभा सदस्य, नेदरल्याण्ड, सी. लोहर – राष्ट्रिय परिषद् सदस्य, स्विट्जरल्याण्ड, एफ. इलिमी – जन प्रतिनिधि सभासदस्य, अल्जेरिया, एल. क्लिफर्ड-ली – सिनेट सदस्य, आयरल्याण्ड, भि. रियोटोन – राष्ट्रिय सभासदस्य, फ्रान्स, ई. टाङ्गी मुटेका – राष्ट्रिय परिषद् सदस्य, नामिबिया, ओ. अतानियाजोवा – सिनेट सदस्य, उज्बेकिस्तान र एस. त्शाबाङ्गु – सिनेट सदस्य, जिम्बाब्वे रहेका छन् ।




