बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन तथा आमसभा गरेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्स्थापनाको मागसहित राप्रपाले बृहत् प्रदर्शन तथाआमसभा आयोजना गरेको बताएको छ । आजको सभालाई राप्रपाले व्यवस्था बदल्ने खबरदारी सभा समेत भनेको छ ।राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको खबरदारी सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ समझदारीको आवश्यकता रहेको बताएका हुन् ।
राजादेखि गणतन्त्रवादीहरू अटाउने व्यवस्थामा ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्ने लिङ्देनले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय