काठमाडौं: हिमालको काखमा क्रिकेटको महाउत्सवका रूपमा लिइएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको पहिचान र खेल पर्यटन प्रवर्द्धनका दृष्टिले यस संस्करणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

‘फेस्टिभल अफ हिमालयज’ अर्थात् हिमालको उत्सवको नारासहित अघि बढेको एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्नुका साथै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

एनपीएलले खेल पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा छ। यसले देशभित्र र विदेशमा रहेका नेपालीलाई क्रिकेटप्रतिको साझा उत्साह र राष्ट्रिय गौरवको भावनामा जोड्ने विश्वास लिइएको छ।

क्रिकेटप्रेमीको उत्साह, खेलाडीको प्रतिस्पर्धा र समर्थकको साथले एनपीएलको तेस्रो संस्करणलाई विशेष बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताले विश्वमाझ नेपालको पहिचान अझ उज्यालो बनाउँदै नेपाली क्रिकेटको भविष्यलाई नयाँ दिशा देओस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय