गोरखा: बाढीले क्षति पुर्‍याएको गोरखाको आरुघाटस्थित पक्की पुलमा बेलिब्रिज जोड्ने काम सफलतापूर्वक सम्पन्न भएको छ। बेलिब्रिज जडान भएसँगै पुल पुनः सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि मोटरसाइकल तथा सर्वसाधारणको आवतजावत सहज भएको छ। बुधबारदेखि अन्य सवारीसाधन पनि पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।

दसैँको मुखमा पुल क्षतिग्रस्त हुँदा घरपरिवार तथा आफन्तसँग भेटघाट गर्न जाने सर्वसाधारणलाई समस्या हुने चिन्ता थियो। पुल पुनः सञ्चालनमा आएसँगै स्थानीयवासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ। यस कठिन परिस्थितिमा सरकारले नागरिकलाई आवश्यक सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सेवा-सुविधा तथा राहतबाट कोही वञ्चित भएको भए जानकारी गराउन आग्रह गरेको छ।

सरकारले सेवाको अवसर दिएकोमा गोरखावासीप्रति आभार व्यक्त गर्दै आवश्यक सहयोग र राहत तत्काल पुर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय