काठमाडौं: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि हेलिकोप्टर उडानमा करिब ३० करोड रुपैयाँ खर्च भएको छ। बाढीका बेला ११ वटा निजी हेलिकोप्टर कम्पनी र नेपाली सेनाका हेलिकोप्टर प्रयोग गरी कुल ५ हजार ६२ पटक उडान गरिएको हिसाब सार्वजनिक भएको हो।
बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, राहत सामग्री ढुवानी तथा खोजी कार्यलाई तीव्र बनाउन हेलिकोप्टर परिचालन गरिएको थियो। यस क्रममा निजी हेलिकोप्टर कम्पनी र नेपाली सेनाका हेलिकोप्टर प्रयोगमा ठूलो रकम खर्च भएको देखिएको छ।

प्राप्त हिसाबअनुसार हेलिकोप्टर उडानमा मात्रै करिब ३० करोड रुपैयाँ खर्च भएको हो। विपद्का बेला नागरिकको ज्यान जोगाउन गरिएको हवाई उद्धारमा भएको खर्चले राहत तथा उद्धार अभियानको व्यापकता र त्यसमा लागेको आर्थिक स्रोतको परिमाणसमेत देखाएको छ।



