काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा र इमानदारीलाई पेशागत सफलताको पहिलो मानक बताएका हुन्।

उनले प्रहरी अधिकृतहरूलाई संविधान र प्रचलित कानुनको पालना गर्दै अनुशासन तथा जवाफदेहिता कायम गर्न आग्रह गरे। संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि उनले सचेत गराए।

प्रधानमन्त्री शाहले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्न र भेदभाव नगरी कर्तव्य निर्वाह गर्न उनले प्रहरी निरीक्षकहरूलाई आग्रह गरे।

सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दीक्षित प्रहरी अधिकृतहरूलाई कार्यसफलताको शुभकामनासमेत दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय