नुवाकोट: नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले निर्माण गरेको २४० फिट लामो एक्रो बेलीब्रिज आज उद्घाटन गरिने भएको छ।
६० टनसम्म भारवहन क्षमता रहेको उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।





