काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीस्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ।
आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपीएललाई लक्षित गरी मैदानको कायापलट गर्न पूर्वाधार निर्माण र सुधारका कार्यहरू अन्तिम चरणमा पुगेका छन्। प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मैदानको खेलकुद सतह, प्रवेशद्वार, दर्शक दीर्घा तथा अन्य आवश्यक पूर्वाधारहरूको निर्माण एवं मर्मतसम्भारको काम द्रुत गतिमा अघि बढाइएको हो।

नेपाली क्रिकेटको क्रेज र अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राख्दै भइरहेको यस किसिमको पूर्वाधार सुधारले प्रतियोगितालाई अझै व्यवस्थित, रोमाञ्चक र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ।
तस्बिर: नेपाल फोटो सर्भिस





