काठमाडौं: जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्।
सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै कांग्रेस सभापति थापासहित सम्पूर्ण कांग्रेसजनलाई शुभकामना दिएका हुन्।

उनले महाधिवेशनबाट पार्टीमा युवाको वर्चस्व कायम हुनुका साथै मुलुकको संवैधानिक तथा अर्थ–राजनीतिक संकट समाधान गर्ने स्पष्ट संकल्प र नीति पारित हुनुपर्ने बताएका छन्।
हमालले भनेका छन्, ‘महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ–राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस्।’



