काठमाडौं: दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सह–पाइलटले गरेको आक्रमणका क्रममा १७४ यात्रुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई गुजरात सरकारले ‘विशिष्ट गुजरात गरिमा अवार्ड’बाट सम्मान गर्ने घोषणा गरेको छ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले मच्छरको साहस र कठिन परिस्थितिमा देखाएको सूझबुझको प्रशंसा गर्दै राज्यको प्रतिष्ठित सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्।

फ्लायदुबईको उक्त विमान उडिरहेका बेला सह–पाइलटले ककपिटमै मच्छरमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भए पनि मच्छरले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि चालक दल र यात्रुहरूले आक्रमणकारी सह–पाइलटलाई नियन्त्रणमा लिएका थिए।

विमानमा रहेका अन्य दुई पाइलटले नियन्त्रण लिएर साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराएका थिए। विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको जनाइएको छ। मच्छरको हाल उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय