काठमाडौँ: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।

ग्रुप तथा यसअन्तर्गतका ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, आइएमई खल्ती, आइएमई फाउन्डेसनलगायत कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइने जनाइएको छ।

यसैगरी, आइएमई ग्रुपअन्तर्गत कार्यरत कर्मचारीहरूले एक दिनको तलब बराबरको रकम समेत राहतका लागि उपलब्ध गराउने भएका छन्।

आइएमईले विदेशबाट नेपालमा सहयोग रकम पठाउँदा निःशुल्क रेमिटेन्स सेवा उपलब्ध गराएको छ भने खल्ती र आइएमई वालेटमार्फत सरकारको राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।

आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ। बाढीमा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गर्न लागिएको आइएमई ग्रुपले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय