विराटनगर । अवैध नगद तथा हुन्डीको रकम लुकाएको सूचनाका आधारमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ।

सोमबार बिहान करिब ४ः३० बजेदेखि पाँच घण्टासम्म गरिएको खोजतलासीमा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको मोरङ प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा छापा मारिएको प्रहरीको भनाइ छ।

मुन्दडा चाँदी व्यवसायमा संलग्न ठूला व्यापारीमध्ये एक हुन्। परिवारका सदस्यले पनि प्रहरीले सबै स्थानमा खानतलासी गरे पनि केही नभेटिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय