काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले खेतीको मुख्य समयमा मलको अभाव हुँदा उत्पादन घट्ने र किसानको लागत बढ्ने समस्या देखिएको बताइन्।

खनालले गोर्खा लगायत देशभर किसानले मल नपाएर समस्या भोगिरहेको उल्लेख गर्दै आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।
उनले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराएकी छिन्।




