काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिष्ट पार्टीका नेताहरू माधवकुमार नेपाल र वर्षमान पुन, नेकपा एमालेकी नेतृ पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी हुनुहुन्छ ।



