काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी की समानुपातिक सांसद सृष्टि भट्टराईले आफ्नो एक भाइरल भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

सामाजिक सञ्जालमा कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको भिडियो सार्वजनिक भएपछि उनले उक्त भिडियो पुरानो र आफू सार्वजनिक जिम्मेवारीमा आउनुभन्दा अघिको निजी क्षण भएको बताएकी छन्।

भट्टराईका अनुसार भिडियोमा देखिएको घटना हालको नभई आफू सांसद वा सरकारी जिम्मेवारीमा नआउनुभन्दा अगाडिको निजी समयको हो।

उनले त्यस बेला आफू चालक नभई यात्रुको रूपमा रहेको पनि स्पष्ट पारेकी छन्।

उनले सार्वजनिक पदमा भए पनि व्यक्तिको निजी जीवन र व्यक्तिगत स्वतन्त्रताको अधिकार रहने भन्दै छोटो भिडियोका आधारमा चरित्र मूल्यांकन नगर्न आग्रह गरेकी छन्।

भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम र सडक सुरक्षाको दृष्टिले उपयुक्त नहुन सक्ने स्वीकार गर्दै उनले भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएकी छन्।

सांसद भट्टराईले जनताको विश्वासप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आफ्नो कार्यसम्पादन र योगदानका आधारमा मूल्यांकन गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय