काठमाडौं: खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिएको गालीगलौज, चरित्रहत्या, धम्की र घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्।

उनले संसदमा उठाएका जनचासोका विषयलाई लिएर पछिल्ला केही सातादेखि सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भइरहेको बताएकी छन्।

उनका अनुसार व्यक्तिगत मोबाइल फोन र सामाजिक सञ्जालमार्फत बलात्कार, ज्यान मार्ने तथा भौतिक आक्रमणका धम्कीसम्म प्राप्त भएका छन्।

उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै ओलीले लोकतन्त्रमा आलोचना र असहमति स्वाभाविक भए पनि धम्की, घृणायुक्त अभिव्यक्ति, चरित्रहत्या, हिंसाको उक्साहट र दुर्व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

उनले टिकटक, युट्युब र फेसबुकलगायत प्लेटफर्ममा आफूविरुद्ध घृणा फैलाउने सामग्री हटाउन सम्बन्धित व्यक्तिलाई चेतावनी दिँदै अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएकी छन्।

ओलीले सामाजिक सञ्जालमा फैलिरहेको घृणा र दुर्व्यवहारको संस्कृतिप्रति शून्य सहनशीलता अपनाउने बताउँदै यस विषयमा सहयोग र चासो देखाएकोमा गृह मन्त्रालय र नेपाल प्रहरीको साइबर ब्युरोलाई धन्यवादसमेत दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय