काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सीमा सुरक्षा, शिक्षा र खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमा क्षेत्रमा तारजाली लगाउन करिब १ खर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने प्रस्ताव राखे।

उनले सीमा सुरक्षामा खटिने नागरिकलाई पोषण र पोशाकका लागि पनि विशेष बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याए।
साम्पाङले शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेलमैदान विकासमा ध्यान दिनुपर्ने बताए।
साथै, विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा रकम दैनिक २० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पुर्याउन पनि माग गरेका छन्।



