काठमाडौं: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले नागढुंगा–मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर विवाद भएको छ।

आइतबार धादिङमा सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा उनले बिजुलीका पोल नसार्ने ठेकेदारलाई काममा लगाउन कडा निर्देशन दिने क्रममा “काम गरेन भने खुट्टा भाँचिदिनू” भनेका थिए।

उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको आलोचना भइरहेको छ।

सडक विस्तारको काममा विद्युत् पोल स्थानान्तरण ढिलाइ हुँदा निर्माण प्रभावित भएको भन्दै मन्त्री लम्सालले सम्बन्धित पक्षलाई चाँडो काम सम्पन्न गर्न निर्देशन दिएका थिए।

नागढुंगा–मुग्लिङ सडक आयोजनाका अनुसार पश्चिम खण्डमा १०७ वटा र पूर्वी खण्डमा ८० भन्दा बढी विद्युत् पोल अझै सार्न बाँकी छन्।

पोल नहट्दा सडक निर्माणको काम प्रभावित भइरहेको आयोजनाको भनाइ छ।

मन्त्रीको अभिव्यक्तिप्रति विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका बेला स्थानीय प्रशासनले भने उनले काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय