काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगी ले झापाको बाहुनडाँगी क्षेत्रमा लामो समयदेखि जारी हात्ती आतंकको समस्या समाधान गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाहुनडाँगीका स्थानीयवासी हरेक रात हात्तीको त्रासमा बाँच्न बाध्य रहेको बताइन्।

भारतबाट आउने हात्तीले बाली नष्ट गर्ने, घरगोठमा क्षति पुर्‍याउने र मानव जीवनसमेत जोखिममा पार्ने गरेको उनको भनाइ थियो।

उनले आइतबार ६२ वर्षीया पद्मा पौडेल को हात्तीको आक्रमणबाट मृत्यु भएको र सोमबार मेचीनगरमा मकैबालीमा ठूलो क्षति पुगेको घटनाको उल्लेख गरिन्।

बाहुनडाँगीवासीले ३५–४० वर्षदेखि यो समस्या भोग्दै आएको बताउँदै सांसद डाँगीले स्थानीयले अझै पनि राज्यको उपस्थिति महसुस गर्न नसकेको गुनासो गरिन्।

साथै, मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन समाधान ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय