काठमाडौं: नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंले डेढ वर्षको अवधिमा आफू १४ पटक हिरासतमा परेको र झन्डै एक वर्ष हिरासतमै बिताएको दाबी गरेका छन्।

काठमाडौंको जमलमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईंले आफू नेपालमा सबैभन्दा धेरै बन्दी प्रत्यक्षीकरणको आदेशबाट छुट्ने व्यक्तिमध्ये एक भएको दाबी गरे।

उनका अनुसार उनी ११ पटक बन्दी प्रत्यक्षीकरणमार्फत रिहा भएका छन्।

प्रसाईंले आफूले कुनै गलत काम नगरेकाले लुक्नुपर्ने अवस्था नरहेको पनि बताए।

कार्यक्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृत्वको समेत आलोचना गरे।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेतामाथि कारबाही गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

प्रसाईंले धवलशम्शेर राणा र दिलविकास राजभण्डारी राप्रपाका महत्वपूर्ण नेता रहेको उल्लेख गर्दै उनीहरूलाई गुमाउँदा पार्टीलाई क्षति पुगेको दाबी गरे।

राप्रपा परित्याग गरेका धवलशम्शेर राणा र दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठनको तयारीमा छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय