काठमाडौँ: इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कार कार्यक्रम जुलाई ४ देखि सुरु हुने भएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानबाट श्रद्धाञ्जली कार्यक्रम सुरु हुनेछ भने जुलाई ९ मा उत्तरपूर्वी सहर मशहदमा उनको शव दफन गरिनेछ।

जुलाई ४ मा अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस मनाउँदै छ। सोही दिन अन्तिम संस्कार कार्यक्रम सुरु गरिनुलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ।
कार्यक्रमअनुसार जुलाई ७ मा पवित्र सहर कोममा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ।
त्यसपछि मशहदमा अन्तिम संस्कारका कार्यक्रम सम्पन्न हुनेछन्।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहेका थिए।
उनको मृत्यु फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा भएको इरान र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
खामेनीको मृत्युपछि उनका छोरा मोज्तबा खामेनीले नेतृत्व सम्हालेका छन्।





