काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुशता र त्रासको वातावरण बढ्दै गएको बताएका छन्।

आइतबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय एकता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाए।

कोइरालाले बिना कारण विभिन्न जिल्लाका वडा सभापतिहरूमाथि कारबाही गरिएको भन्दै असन्तुष्टि जनाए।

उनले पार्टीभित्र डर र धम्कीको वातावरण सिर्जना गरिएको दाबी पनि गरे।

उनले कार्यकर्ताहरूलाई कुनै पनि दबाब वा धम्कीबाट नडराउन आग्रह गरे।

पार्टीभित्र मतभेद भए पनि नेपाली कांग्रेस फुट्न नदिने उनको भनाइ थियो। साथै, कांग्रेस सस्तो लोकप्रियताको पछि लाग्ने पार्टी नभएको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय