काठमाडौं: नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका डा. धवलशम्शेर राणाले दुर्गा प्रसाईंसँगको सहकार्य राजसंस्था र हिन्दू राज्य पुनर्स्थापना नभएसम्म कायम रहने बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा राणाले आफूले राजनीतिक जीवनमा कसैलाई धोका नदिएको भन्दै प्रसाईंसँगको सहकार्य पनि नटुट्ने बताए।

उनले आफ्नो नेतृत्वमा बन्ने नयाँ पार्टी दुई–तीन महिनाभित्र औपचारिक रूपमा जनतामाझ आउने दाबी गरे। पार्टीलाई देशभर विस्तार गर्दै सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन निर्माण गरिने उनको भनाइ छ।

राणाले नयाँ पार्टी व्यक्तिकेन्द्रित नहुने र सबैको विचारलाई सम्मान गर्ने बताए।

पार्टीभित्र फरक मत राख्न पाउने व्यवस्था हुने तथा आवश्यक परे ‘नोट अफ डिसेन्ट’ लेख्न सकिने उनले जानकारी दिए।

मलमासका कारण पार्टी घोषणा केही ढिला भएको उल्लेख गर्दै उनले छिट्टै पार्टीको औपचारिक घोषणा गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय