काठमाडौँ: नेकपा एमालेका नेता युवराज ज्ञवाली ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पत्रकार र सांसदहरूमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुपर्ने बताएका छन्।

उनले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमलाई ‘खोस्टा’ भन्न नमिल्ने उल्लेख गर्दै मिडियालाई लोकतन्त्रको पहरेदारको रूपमा सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

ज्ञवालीले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण अर्थमन्त्रीमाथि प्रश्न उठेको दाबी गर्दै संसद्को अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप समेत लगाएका छन्।

उनले उक्त परिवर्तनले राजस्व संरचनामा असर परेको र त्यसको लाभ सीमित व्यक्ति वा समूहले पाएको दाबी गरेका छन्।

साथै, अर्थमन्त्रीले तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको आरोप पनि ज्ञवालीले लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय