काठमाडौं: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिका अनुसार हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेडका १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १२० जना गरी कुल १३२ जना ऋणीको नाम सार्वजनिक गरिएको हो।

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ।

ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

त्यस्तै, बाँकी ऋण तिर्नुपर्ने ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समितिले बचतकर्ताको हित संरक्षण तथा सहकारीको रकम फिर्ता गराउने उद्देश्यले नामावली सार्वजनिक गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय