काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेलको नियमभित्रै रहेर भए पनि क्रिकेटको मर्म र भावनाविपरीत कार्य भएको स्वीकार गर्दै भुटान क्रिकेटसँग माफी मागेको छ।

बुधबार सम्पन्न खेलमा भुटानी ब्याटरलाई ‘टाइम-आउट’ (Timed-out) विधिबाट आउट गराइएको घटनालाई लिएर क्यानका सचिव पारस खड्काद्वारा बिहीबार जारी विज्ञप्तिमा यसप्रति दुःख व्यक्त गरिएको हो।

क्यानले क्रिकेटको लिखित नियमभन्दा माथि खेल भावना रहने कुरालाई जोड दिँदै मैदानभित्र र बाहिर सदैव उच्च खेल भावना, आपसी सम्मान र स्वच्छ खेल (Fair Play) प्रदर्शन गर्नु नेपाल जस्तो उदियमान क्रिकेट राष्ट्रको प्राथमिकता हुनुपर्ने ठहर गरेको छ।

यस घटनाबाट पुग्न गएको चोटप्रति भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सम्पूर्ण सरोकारवालाहरूसमक्ष क्षमाप्रार्थी रहँदै क्यानले आगामी दिनमा खेलको गरिमा र उच्च अनुशासनलाई कायम राख्न आफू पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय