काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी दलहरूले संसदमा लगातार अवरोध गरेपछि सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिपक्षीलाई नियमावली र कार्यसूची अध्ययन गर्न कडा काउन्टर दिएको छ।

संसद बैठकमा रास्वपाका तर्फबाट बोल्दै सांसद अशोक चौधरीले प्रतिनिधि सभा नियमावलीको दफा ५० हेर्न आग्रह गर्दै कुन प्रश्न स्वीकार गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखसँग सुरक्षित रहेको स्मरण गराए।

“सभामुखले प्रश्न सोध्ने अधिकारको दुरुपयोग भएको, संविधान वा नियमावली विपरीत राष्ट्रको प्रतिष्ठामा आँच आउने वा कार्यविधिमा बाधा पर्ने देखिएमा त्यस्ता प्रश्नलाई पूर्ण वा आंशिक रूपमा अस्वीकार गर्न सक्ने स्पष्ट कानुनी प्रावधान छ,” सांसद चौधरीले भने।

प्रधानमन्त्री शाहले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई संसद्को कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेर पठाइसकेको अवस्थामा विपक्षीले संसद् ठप्प पार्नु राजनीतिक स्टन्ट मात्रै भएको टिप्पणी गर्दै उनले नियमावलीको दफा ५० को उपदफा ४ र आजको कार्यसूची राम्रोसँग हेरेर सदन चलाउन सहयोग गर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय