काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक भइसकेकाले शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
जसका लागि देशभरका विद्यालय र स्थानीय तहहरूमा तुरुन्त पत्राचार गरी सूचना प्रवाह गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशनसमेत दिइसकिएको छ। विद्यार्थी र अभिभावकहरूमा कक्षा ११ को पढाइलाई लिएर रहेको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गर्न, विद्यालय शिक्षाको गुणस्तर बढाउन र सबै कक्षाको शैक्षिक सत्रमा एकरूपता ल्याउन मन्त्रालयले यो समयमै पठनपाठन सुरु गर्ने कदम चालेको हो।




