काठमाडौं मेडिकल कलेज (केएमसी) ले सिनामंगल र दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाएको छ।

आधुनिक नर्सिङकी जननी फ्लोरेन्स नाइटिंगेलको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अस्पताल निर्देशक प्राडा. मीना थापा र मेट्रोन बन्दना रिजालले नर्सहरूलाई स्वास्थ्य सेवाको मेरुदण्ड तथा करुणाको प्रतीकका रूपमा चित्रण गर्नुभयो।

‘हाम्रा नर्सहरू, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाइएको उक्त समारोहमा नर्सहरूको अतुलनीय योगदानको सम्मान गर्दै आगामी दिनमा पनि ‘मुस्कानसहितको गुणस्तरीय सेवा’ र व्यावसायिक इमानदारितालाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता जनाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय