काठमाडौँ: काठमाडौँ महानगरपालिकाले मनोहरा नदीले प्राकृतिक धार परिवर्तन गर्दा उत्पन्न जग्गा विवाद समाधान गरी नदीलाई २०२१ सालको नापी नक्साबमोजिमकै बहाव क्षेत्रमा फर्काउने प्रक्रिया तीव्र पारेको छ।

नदी पश्चिमतर्फ सरेका कारण काठमाडौँको करिब १०० रोपनी जग्गा भक्तपुरतर्फ र भक्तपुरको १५ रोपनी जग्गा काठमाडौँतर्फ पर्न गएकोमा कार्यवाहक प्रमुख सुनिता डंगोलले विस्तृत परियोजना प्रतिवेदन (DPR) अनुसार बहाव क्षेत्र कायम गर्न प्राविधिक र प्रशासनिक परामर्श अघि बढाउनुभएको छ।

नदी किनारका अव्यवस्थित बस्ती र संरचनाहरू हटाइसकिएकाले अब भूमिहीनको उचित व्यवस्थापन गर्ने, खाली जग्गाको संरक्षणका लागि बारबेर गर्ने र जग्गाको रिप्लटिङ कार्यलाई उच्च प्राथमिकतामा राखेर आयोजना छिटो सम्पन्न गर्न महानगरले गृहकार्य सुरु गरेको हो।

 

कार्यवाहक प्रमुख डंगोलले यसका लागि आवश्यक लागत अनुमान र जनशक्ति परिचालन गरी वर्षौँदेखि थाती रहेको जग्गा सीमाको समस्या सदाका लागि अन्त्य गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन समेत दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय