काठमाडौँ: आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न पूर्व सांसद डा. सुनिल कुमार शर्माले विशेष पहल सुरु गरेका छन्।

काठमाडौँ मेडिकल कलेज (केएमसी) दुवाकोट, भक्तपुरमार्फत देशका विभिन्न दुर्गम जिल्लाका अति विपन्न नागरिकलाई पूर्ण वा आंशिक छुटमा उपचार सेवा उपलब्ध गराउने घोषणा गरिएको हो।

 

डा. शर्माका अनुसार पहिलो चरणमा कर्णालीका हुम्ला, जुम्ला, कालीकोटदेखि कोशी प्रदेशका ताप्लेजुङ, सोलुखुम्बु र बागमतीका धादिङ, गोरखा लगायतका दुई दर्जनभन्दा बढी जिल्लाका बिरामीले यो सुविधा पाउनेछन्।

सुविधा लिने प्रक्रिया:

  • लक्षित वर्ग: आर्थिक रूपमा अति विपन्न र पहुँच नभएका नागरिक।
  • आवश्यक कागजात: सम्बन्धित पालिका वा वडा कार्यालयबाट अनुसूची–२ को सिफारिस फाराम।
  • सम्पर्क: थप जानकारीका लागि अस्पतालको नम्बर ९८०२३३५११२ वा ९८०२३३५१०८ मा सम्पर्क गर्न सकिनेछ।

सांसद रहँदा तलब-भत्ता नलिई जनसेवामा समर्पित डा. शर्माले यसअघि पनि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर र एम्बुलेन्स हस्तान्तरण जस्ता मानवीय कार्य गर्दै आएका छन्। “आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” डा. शर्माले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय