काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। गत फागुन २१ को निर्वाचनपछि राष्ट्रपति पौडेलले संसद्लाई सम्बोधन गरेको यो पहिलोपटक हो।

चैत २७ गते दिउँसो ४ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले नयाँ पुस्ताको राजनीतिप्रतिको आकर्षण र जनअपेक्षाबारे चर्चा गरे।

उनले युवाहरूलाई स्वदेशमै रहने वातावरण बनाउन सरकारलाई आग्रह गर्दै सन्तुलित वैदेशिक सम्बन्ध र प्रभावकारी सेवा प्रवाहमा जोड दिएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन आजै राति १२ बजेबाट अन्त्य हुँदैछ।

गत चैत १९ गतेदेखि सुरु भएको यो छोटो अधिवेशन अन्त्य भएसँगै अब बजेट अधिवेशनको तयारी सुरु हुनेछ।

संसद् सचिवालयका अनुसार राष्ट्रपतिको सम्बोधन लगत्तै अधिवेशन अन्त्यको औपचारिक प्रक्रिया सुरु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय