काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले मधेस र सिंगो देश निर्माणको संकल्पसहित आफ्नो कार्यकाल सुरु गर्ने बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा मन्त्री बन्न लागेका यादवले आजै शपथ लिँदैछन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, “पार्टीले दिएको जिम्मेवारी पूरा गर्न हामी प्रतिबद्ध छौँ।

अब एउटा राम्रो ‘सेट’ बनाएर कामको गति बढाउँछौँ।” उनले मन्त्रालयमा रहेका चुनौतीलाई अवसरमा बदल्ने दाबी गर्दै प्रधानमन्त्री बालेन शाहलाई आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय