काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। महानगरले परीक्षण स्वरूप उत्तर–दक्षिण (लगनखेल–बुढानीलकण्ठ) र पूर्व–पश्चिम (थानकोट–विमानस्थल) गरी दुईवटा मुख्य रुटमा ४ वटा विद्युतीय बस सञ्चालन गर्न लागेको हो।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार साँझ ८ बजेपछि सार्वजनिक यातायात नपाउँदा सर्वसाधारणले भोग्नुपर्ने सास्ती, महँगो ट्याक्सी भाडा र विशेषगरी महिला तथा विद्यार्थीले भोग्नुपर्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको हो।

महानगरले यो सेवालाई अत्याधुनिक, सहज र सुरक्षित बनाउने लक्ष्य राखेको छ। यो पहलले रात्रिकालीन समयमा यात्रा गर्ने श्रमिक, विद्यार्थी र बिरामीका आफन्तहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय