काठमाडौँ :  सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले पितृशोकमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति समवेदना प्रकट गर्नुभएको छ।

राष्ट्रपति पौडेलले ओलीका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ।

राष्ट्रपतिको समवेदना सन्देशपछि विभिन्न राजनीतिक दलका नेताहरूले समेत ओलीप्रति समवेदना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय