३० पुस, काठमाडौं। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधान र अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै निष्कासनको निर्णय गरिएको जानकारी दिए। उनका अनुसार पार्टीको निर्णय अवज्ञा गर्ने, संगठनात्मक एकता कमजोर बनाउने र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा असहमति जनाउँदै आएको विषयलाई गम्भीर रूपमा लिइएको हो। नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मनसुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।




