३० पुस, काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्रीहरूले आफूलाई धोका दिएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले पुस महिनामै पार्टीको नियमित महाधिवेशन गर्ने विषयमा महामन्त्रीहरूसँग छलफल गरेर निर्णय अघि बढाइएको स्मरण गराए। तर सोही सहमतिअनुसार आवश्यक तयारी तथा कामकारबाही समयमै सम्पन्न हुन नसकेको उनको भनाइ थियो।




