काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुलीको रातामाटामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा रोटरी क्लब अफ भक्तपुरको आयोजनामा रातामाटामा भएको स्वास्थ्य शिविरमा २ हजार ३ सय ५३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ३०४ जनाको ल्याब परीक्षण, ३०४ जनाको भिडियो एक्सरे, २३७ जनाको ईसीजी गरिएको थियो । २३ जनाको दाँत खोलिएको थियो भने ३३ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



